Logo

८ साउन वीरगञ्ज । वीरगञ्जको मुर्लिमा रहेको रोयल एकेडेमी स्कुलमा आज ट्राफिक नियम सम्बन्धि जन चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा कक्षा ८,९ र १० का विद्यार्थीहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मणिराम थापाले ट्राफिक नियम सम्बन्धी जानकारी,सवारी साधन चलाउदा ध्यान दिनुपर्ने कुरा लगायत सवारी दुर्घटनाबाट कसरी जोगिन सकिन्छ भन्ने उपायका बारेमा प्रोजेक्टर मार्फत जानकारी तथा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा बिधालयकी संचालिका सबनम श्रेष्ठ,सह प्राध्यापक सुमन श्रेष्ठ, जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक मणिराम थापा ,अभिभावक संघका अध्यक्ष सन्दीप साह,धिरेन्द्र तिवारी,रबिन्द्र गुप्ता स्वास्थ्य पत्रकार समुहका सदस्य राज कुमार सर्राफ लगायतको उपस्थित रहेको थियो। अभिभावक संघ पर्साको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा र स्वास्थ पत्रकार समूहको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।


सम्बन्धित समाचार