Logo

९ साउन वीरगञ्ज । वीरगञ्जको अशोक बाटिकाबाट मोटरसाईकल चोरी भएको छ । वीरगञ्ज महानगरपालिका वडा १० स्थित पन्नालाल मावि नजिकैबाट बजाज कम्पनीको १५० सीसीको पल्सर मोटरसाईकल चोरी भएको हो ।

प्रदेश ०३–०२ ८ प ६०८५ सन्देश कुमार साहको नाममा रहेको मोटरसाईकल हिजो साँझ पाँच बजेको समयमा पार्किङ गरिराखेको ठाउँबाट चोरी भएको मोटरसाईकल धनी सन्देश साहले जानकारी दिनुभयो । उहाँका अनुसार मोटरसाईकल किनेको अढाई महिना मात्रै भएको थियो ।

घर निर्माणको काम चलिरहेकोले सन्देशका बाबुले लिएर भवन निर्माणस्थलमा गएका थिए । त्यहि पार्किङ गरिएको मोटरसाईकल चोरी भएको सन्देशले बताउनुभयो । मोटरसाईकल हराएको विषयमा प्रहरीमा उजुरी दिएको उहाँले बताउनुभयो ।


सम्बन्धित समाचार