Logo

१० साउन, वीरगञ्ज । बाराको सिम्रौनगढमा ससुराली आएका एक युवकले श्रीमतीको हत्या गरेका छन् । सिम्रौनगढ नगरपालिका वडा नम्बर–६ गोरु बजार स्थित ससुराली आएका भारतीय युवकले आफ्नै श्रीमतीको हत्या गरेको हो ।

बुधबार बिहान २ः०० बजे राती श्रीमती सुतेको कोठामा एक्कासी पसेर भित्रबाट ढोका बन्द गरि धारीलो हतीयारबाट घाँटी रेटेर हत्या गरेको हो । घटना थाहा पाएर आफ्न्तले हल्ला गरेपछि छिमेकीहरु आएर ढोका फोडेर हेर्दा युवक हत्या गरेर त्यही बसेको भेटिएका थिए ।छिमेकीहरुले युवकलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ ।

भारत ढाका थाना अन्तरगतको रुपौलिया निवासी अमरुल्लाहा अर्थात राजा भन्ने ती युवकको ७ वर्ष पहिले बाराको सिम्रौनगढ–६ निवासी जाहिर मियाँ चुडीहारको छोरी २४ वर्षीया आशमिन खातुनसँग विवाह भएको थियो ।अमरुल्लाहा पक्षले सधै दाईजोको खेत बेचेर पैसा माग्दै आएका बताइएको छ । घटनापछि प्रहरीले घटनास्थल शिल गरेर अनुसन्धान शुरु गरेको छ ।


सम्बन्धित समाचार