Logo

१० साउन, वीरगञ्ज । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्री मण्डललाई पूर्णता दिने तयारी गरेका छन् । आगामी शुक्रबारसम्म मन्त्री मण्डललाई पूर्णता दिने मुख्यमन्त्री यादवले बताए । ११ जेठमा पाँचौ पटक मन्त्री मण्डल विस्तार गरेपनि अझै अपुरो छ ।

सत्ता गठबन्धनमा भागवण्डा नमिल्दा गृह संचार तथा कानुन मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय मुख्यमन्त्री यादव आफै सित राखेका छन् । दुई मन्त्री र दुई राज्यमन्त्री विना विभागीय छन् । जसपाबाट तत्कालिन समाजिक विकास मन्त्री सुरिता साह र राज्यमन्त्री शेख अब्दुल कलाम आजाद छन् भने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय खोसेर एकीकृत समाजवादीलाई दिएपछि जनमतका वसन्त कुशवाहा र राज्यमन्त्री संजय कुमार यादव विना विभागीय छन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र लोसपा थप एक–एक मन्त्रालय दावी गर्दै आएको छ । दुई मात्र मन्त्रालय खाली छ । हाल सरकारमा मुख्यमन्त्रीसहित तीन मन्त्रालय जसपा, दुई मन्त्राल काँग्रेस, जनमत, लोसपा, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई एक–एकवटा मन्त्राय छ ।


सम्बन्धित समाचार