Logo

फाइल तस्बिर

१० साउन, वीरगञ्ज । नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले नेपाली कांग्रेसभित्रको अन्तर्घातले ठुलो विकृति निम्त्याएको बताउनुभएको छ । सर्लाहीको धनकौल बजारमा आज कांग्रेस कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले पार्टीभित्रको अन्तर्धातकै कारण कांग्रेसले चुनाव हार्ने गरेको बताउनुभएको हो ।

उहाँले सर्लाही क्षेत्र नं. ४ मा कांग्रेसले राम्रो उम्मेदवार उठाउँदा उठाउँदै आफूहरूकै कारणले चुनाव हार्नु परेको उल्लेख गर्नुभयो । यो क्षेत्रमा डाक्टर अमरेशकुमार सिंहले अन्तिममा नेपाली कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवार दिई कांग्रेसका उम्मेदवार नागेन्द्र रायलाई पराजित गर्दै तेस्रो पटक सांसद बन्नुभएको थियो ।

उहाँले भारतबाट एक सय रुपियाँभन्दा बढीको सामान ल्याउँदा भन्सार बुझाउनुपर्ने सरकारको निर्णय व्यावहारिक नभएको बताउनुहुँदै निर्णय तुरुन्त सच्याउन आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा कांग्रेसका अर्का केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले ६० वर्षसम्म पनि मधेश कांग्रेसको गढकै रूपमा रहेको भन्दै खुसी व्यक्त गर्नुभयो ।


सम्बन्धित समाचार