Logo

११ साउन, वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिकामा एक युवकको शव फेला परेको छ । फेटा गाउँपालिका वडा ४ चिलझप्टी निवासी पन्नालाल साह कलवारको आज विहान हिलोले लतपतिएको अवस्थामा शव फेला परेको स्थानीयले बताएका छन् ।

मृतक पन्नालालको शव आज विहान ७ बजे विश्रामपुर ४ बलिरामपुरमा स्थानीयले बोर्डरको १०० फिट नजिक खेतमा हिलोले लतपतिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाए लगतै प्रहरी चौकी मुसहर्वाको टोली र शसस्त्र प्रहरी बरैनियाको टोली घटनास्थलमा पुगेका छन् ।

३८ वर्षका मृतक पन्नालाल विगत १० वर्ष देखि विश्रामपुर वडा नम्बर–४ बलिररामपुर मै जग्गा किनेर बस्दै आएका थिए । आपसी रिसीवीको कारण कसैले उनको हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालयबाट पनि तालिम प्राप्त कुकुर सहित प्रहरी घटनास्थालमा पुगेर अनुसन्धान गरिरहेको छ ।

आपसी विवादमा एक महिना पहिला छिमेकी फुलचन महतो केवटले ज्यान मार्ने धम्की दिएका थिए । उनीहरुले नै मारेको हुनसक्ने मृतककी श्रीमती सिता देवीले आशंका जनाएपछि फुलचनलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार