Logo

११ साउन, वीरगञ्ज । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुलाएको छ । कक्षा १२ उत्तिर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सकिने आयोगले जनाएको छ । शिक्षक सेवा आयोगको साउन १० को निर्णय अनुसार आजदेखि आवदेन दिन सक्नेछन् ।

आयोगका अनुसार भदौ ८ गतेसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर भदौ १५ गतेसम्म दिन सकिने आयोगले जनाएको छ । आवेदन अनलाइनबाट दिन सकिने आयोगले जनाएको छ ।
हेर्नुहोस् सूचना


सम्बन्धित समाचार