Logo

११ साउन, वीरगञ्ज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ७ स्थित नवनिर्मित कबर्ड हलबाट गए राति ब्याट्री र इन्भर्टर चोरी भएको छ । नगरपालिकाको वडा नम्बर ७ दुर्गाटोलस्थित छायाँ केदार ब्याडमिन्टन क्लबको कबर्ड हलबाट तीन लाख बराबरको ब्याट्री र इन्भर्टर चोरी भएको क्लबका सदस्य भरतकुमार यादवले जनाएको छ ।

करिब एकसाता पहिले कबर्ड हलमा जडान गर्न खरिद गरेर ल्याइएको इन्भर्टर र ब्याट्री गए राति करिब १२ बजेको समयमा चोरी भएको उनले जानकारी दिए ।

कबर्ड हलमा भएको दुईवटा गेट बन्द रहेकै अवस्थामा झ्यालबाट सो सामानहरू चोरी भएको उनले जानकारी दिए । उनका अनुसार प्याकेट समेत नखोलिएको २ सय एम्पियरको चारवटा ब्याट्री र तीन केभीएको एउटा इन्भर्टर चोरी भएको जनाए ।


सम्बन्धित समाचार