Logo

१२ साउन, वीरगञ्ज । नेकपा एमालेले मधेश प्रदेशमा एक वर्षसम्म चल्ने कार्यक्रमको खाका तयार पारेको छ । गत चुनावमा अपेक्षित नतिजा नआएपछि एमाले संगठनात्मक सुधार गर्न एक वर्षे अभियानमा छ । त्यो अभियान अन्तर्गत पार्टी सचिव योगेश भट्टराईलाई एमालेले मधेशको इन्चार्ज बनाएर पठाएको छ ।

उनी इन्चार्ज भएर गएपछि प्रदेश कमिटीले वर्षदिने कार्यक्रमको खाका तयार पारेको हो । मधेश प्रदेशको सचिवालय बैठकले एक वर्षसम्म चल्ने कार्यक्रमको तालिका अनुमोदन गरेको मधेश प्रदेश प्रचार संयोजक अरविन्द सिंहले जानकारी दिनुभयो । सिंहका अनुसार, गत २ साउनको बैठकले पारित गरेको कार्यक्रम वर्ष दिनसम्म मधेश प्रदेशमा चल्नेछ ।

अभियान अन्तर्गत मधेशको आर्थिक–सामाजिक विकासको खाका तयार पार्नुलाई एमालेले प्राथमिकतामा राखेको छ । वर्षदिनसम्म चल्ने कार्यक्रमले मधेश विकासको २५ वर्षे दीर्घकालीन योजना बनाउने सचिव भट्टराई बताउनुभयो ।


सम्बन्धित समाचार