Logo

१३ साउन,वीरगञ्ज । मधेश, कोशी,बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा शनिबार मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र मधेश प्रदेशका पश्चिमी भूभागका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

शनिवार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको आंशिक प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।


सम्बन्धित समाचार