Logo

१३ साउन,वीरगञ्ज । भारतको महावाणिज्य दूतावास, वीरगञ्जले ‘मिसन लाइफ’ अन्तर्गत विशेष सप्ताह सम्पन्न गरेको छ । मसिन लाइफ अन्तर्गत कूल सात सत्रहरू सञ्चालन गरिएको वीरगञ्जस्थित भारतीय दूतावासले जनाएको छ ।

सो अवसरमा महावाणिज्यदूत नितेश कुमारले मिसन लाइफ भारतको नेतृत्वमा रहेको एक विश्व्यापी ढाँचा भएको बताए । उनले पर्यावरणको संरक्षण एवं प्रवद्र्धन गर्न व्यक्तिगत तथा सामुदायिक कार्यलाई टेवा पु¥याउँदै दिगो भविष्य निर्माण गर्न यसको डिजाइन गरिएको बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२१ ग्लास्गोमा भएको २६औँ राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–२६) मा विश्वलाई मिसन लाइफका बारेमा जानकारी दिनुभएको थियो ।

यस अन्तर्गत वाणिज्य दूतावासले जुन २०, २०२३ मा आफ्नो परिसरभित्र ‘स्वास्थ्य लाइफस्टाइल’ मा प्यानल छलफल आयोजना गरेको थियो । उक्त छलफलमा डा निरजकुमार सिंह, डा सुचित कुमार शर्माले स्वस्थ जीवनका लागि आफ्नो जीवनशैलीलाई कसरी परिमार्जन गर्न सकिन्छ भन्ने विषयमा विचार प्रस्तुत गरेका थिए ।


सम्बन्धित समाचार