Logo

१३ साउन,बारा । बारा जिल्ला फुटबल संघको आयोजनामा सिमरा रङ्गशालामा भईरहेको खेलाडि छनोटको नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले छड्के अनुगमन गर्नुभएको छ ।

नेपाली राष्ट्रिय यु १९ फुटबल टिममा सहभागीताको लागि बारा जिल्लाबाट खेलाडि छनोट भईरहेको छ । बारा जिल्लामा खेलाडि छनोटको प्रक्रियालाई हेरेर खेलकुद मन्त्री लिम्बुले खुसी ब्यक्त गर्नुभएको छ ।

उहाँले बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामा, वरिष्ठ उपाध्यक्ष राज किशोर धामी, महासचिव उदय श्रेष्ठ र जिल्ला कोच उमेश श्रेष्ठसँग जिल्लाको खेलकुदको अवस्थाको बिषयमा बुझ्नु भएको थियो । आगामी अश्विन ४ गते देखि १३ गते सम्म दक्षिण एसियाली महासंघको आयोजनामा काठमाडौँमा साफ यु १९ च्याम्पियनशिप २०१९ हुन गईरहेको छ ।

११ औँ नेपाली राष्ट्रिय यु १९ फुटबल प्रतियोगिता मधेस प्रदेशले गर्ने जिम्मा पाएको छ । जसको लागि खेलकुद मन्त्री लिम्बुले मधेस प्रदेशका स्थानी प्रशासन, खेलकुद प्रेमी र जनप्रतिनिधि लगायतका सरोकारवालासँग छलफल गरिरहनुभएको छ ।

छलफलको क्रममा जीतपुरसिमराका नगरप्रमुख राजन पौडेलले सिमरा रङ्गशाला राष्ट्रिय प्रतियोगिता गर्ने उत्तम स्थल भएको बताउनुभयो । उहाँले रङ्गशालाको स्तर उन्नतिको लागि बजेट विनियोजन गर्न अनुरोध गर्नुभएको थियो ।


सम्बन्धित समाचार