Logo

१४ साउन,काठमाडौं । निर्वाचन खर्च विवरण सार्वजनिक गरेको जानकारी आफूलाई लेखेर नपठाएको भन्दै निर्वाचन आयोगले १५ हजार रूपैयाँ जरिवाना गर्ने निर्णय गरेपछि यसविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अदालत पुगेका छन् ।

रास्वपाका सांसदहरूले उच्च अदालत पाटनमा रिट दायर गरेका हुन् । रास्वपा सांसदहरू विराजभक्त श्रेष्ठ, शिशिर खनाल, गणेश पराजुली र सोबिता गौतमलेआइतबार उच्च अदालत पाटन आयोगको निर्णयविरूद्ध रिट दिएका हुन्।

निर्वाचन आयोगले निर्वाचन खर्च विवरण बुझाएर त्यसलाई सार्वजनिक नगरिएको भन्दै प्रतिनिधिसभाका एक हजार ३७ जना र प्रदेशसभाका एक हजार ३९८ उम्मेदवारलाई जनही १५ हजार रुपैयाँ जरिवाना गरेको थियो ।


सम्बन्धित समाचार