Logo

१६ साउन,वीरगञ्ज । वीरगञ्जमा उद्योगहरुको लापरवाहीका कारण चर्म र कुष्ठरोगीको संख्यामा वृद्धि भएको छ । उद्योगहरुबाट निस्केको फोहोर, प्रदुषित धुवाधुलोकै कारण चर्मरोग, श्वास प्रश्वासको समस्या, कुष्ठरोग लगायतका बिरामीको सङख्यामा अत्याधिक वृद्धि भएको हो ।

वीरगञ्ज महानगरपालिका वडा नं. १४ स्थित रहेको स्वास्थ्य चौकी पिपरामा अत्याधिक मात्रामा चर्म रोगको समस्याले पिडित सेवाग्राही उपचार गराउन आउने स्वास्थ्य चौकी प्रमुख सचितानन्द प्रसाद जयसवालले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमा दिनँहु ३५ जनाको हाराहारीमा चर्मरोग सम्बन्धि सेवाग्राही चेकजाँचका लागि आउने गरेका उहाँले बताउनुभयो । उहाँका अनुसार उनीहरुमा प्रदुषणकै कारण छालामा ईन्फेक्सन भएको भेटिएको थियो ।

औद्योगिक प्रदुषकै कारण यस क्षेत्रमा छाला सहित स्वासप्रश्वास र कुष्ठरोगीको संख्यामा वृद्धी भएको जयसवालले जानकारी दिनुभयो । प्रमुख जयसवालले स्वास्थ्य चौकीमा पाचन, स्वास्प्रस्वास, मातृत्व सेवा, खोप सेवा, पोषण सेवा, क्षय तथा कुष्ठरोग सेवा, औलो तथा कालाजार लगायतका समस्या भएर दिनहु सरदर २० जना महिला र ३० जना पुरुष गरी ५० जना भन्दा बढी बिरामीहरु उपचार सेवा लिन आउने गरेको बताउनुभयो ।

स्वास्थ्य चौकीले उपलब्ध गराएको तथ्याङक अनुसार गत आर्थिक वर्ष ०७९÷०८० मा १४ जना महिला र १८ जना पुरुष गरी जम्मा ३२ जना नयाँ क्षयरोगका बिरामी उपचारको लागी पुगेका छन् । जसमध्ये क्षयरोग भएर उपचारमा रहेका ३३ जना पुराना रोगीहरु उपचार गराई निको भई फर्किसकेको उहाँको तर्क छ ।

पर्साको १४ वटै पालिकामध्ये बिराममीको चाँप यहि स्वास्थ्य चौकीमा रहेको प्रमुख जयसवालको दाबी छ ।


सम्बन्धित समाचार