![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/08/WhatsApp-Image-2023-08-01-at-6.20.56-PM.jpeg?fit=1600%2C890&ssl=1)
१६ साउन, विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा दोस्रो पटक नियुक्त भएका छन् । प्रदेशसभाका ४७ सदस्यको समर्थनसहित दाबी पेश गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मंगलबार साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री पदमा थापाले नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एकीकृत समाजवादी) का चार र जनता समाजवादी पार्टी (जसपा) का एक जनाको समर्थनमा दाबी पेश गरेका थिए ।
सभामुख बाबुराम गोतमले सरकार गठनका लागि बहुमत पु¥याउन पदबाट राजीनामा दिएका थिए ।