Logo

१७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति सदस्य विस्तार गर्ने भएको छ। आजदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकमार्फत केन्द्रीय सदस्यहरू थप गरी ४०९ बनाइने पार्टी सचिव गणेश साहले जानकारी दिए।

बुधबार बसेको स्थायी कमिटी बैठकले विधान संशोधन गरेर केन्द्रीय सदस्य विस्तार गर्ने निर्णय गरेको उनले बताए। समावेशी नभएकोमा महिला, जनजाति र युवाले गुनासो गरेपछि विधान संशोधन गर्ने निर्णय भएकाले सचिव साहले जानकारी दिए। साथै माओवादी केन्द्रले २२ जना महिला नेतृलाई केन्द्रीय सदस्य बनाउने भएको छ।

०७८ पुसमा सम्पन्न नवौँ महाधिवेशनले केन्द्रीय कमिटीमा महिलाको संख्या ३५ प्रतिशत पु¥याउने निर्णय गरे पनि कार्यान्वयन हुन सकेको थिएन। केन्द्रीय समिति बैठक बुधबारदेखि ५ दिनसम्म राजधानीको प्रज्ञाभवन कमलादीमा सञ्चालन हुनेछ।

२०७८ पुसमा भएको आठौँ महाधिवेशनले २९९ केन्द्रीय कमिटी अनुमोदन गरेको थियो। गत वर्ष पनि माओवादी केन्द्रले विधानविपरीत ३८५ केन्द्रीय सदस्य बनाएको थियो।


सम्बन्धित समाचार