Logo

१७ साउन, वीरगञ्ज । लम्पी स्किन रोगका कारण मधेश प्रदेशमा २ हजारभन्दा बढी पशुचौपायाहरु मरेका छन् । मधेश प्रदेशमा हालसम्म यो रोगबाट २ हजार २५ पशुचौपायाको मृत्यु भएको हो । लामो समयको पानी नपर्दा खडेरीको चपेटामा परेको मधेशको आठ वटै जिल्लामा उक्त रोगका कारण पशुचौपाया मर्दा पशुधनीले भने ठूलो क्षति बेहोर्नुपरेको छ ।

मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार उक्त रोगका कारण सिरहामा सबैभन्दा बढी १ हजार १ सय १८ पशु मरेका छन् । भने पर्सामा दुईवटा पशु मरेका छन् ।

यता मधेशका विभिन्न जिल्लामा पशुलाई लम्पी स्किन रोगविरुद्धको खोप लगाउने क्रम पनि जारी छ । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका पशु अधिकृत डा. रञ्जितकुमार अधिकारीले मधेश प्रदेशका आठवटै जिल्लाहरुमा हालसम्म ४५ हजार ८ सय २५ पशुलाई लम्पी स्किनविरुद्वको खोप लगाइसकेको जानकारी दिनुभयो ।

उहाँका अनुसार धेरै हदसम्म पशुहरु निको पनि भएका छन् । उहाँले मधेस प्रदेशमा करिब ६७ हजारमा दुई हजार पशुको मृत्यु भएको बताउनुभयो । प्रमुख अधिकारीले यो रोग निको हुन करिब २० देखि २५ दिन लाग्ने भएकाले केहि गाह्रो हुने जानकारी दिनुभयो ।


सम्बन्धित समाचार