Logo

१८ साउन,काठमाडौं। जनमत पार्टीले २० लाख सदस्य बनाउन निर्देशन दिएको छ । भर्खर सम्पन्न राजनीतिक समिति र कार्यकारिणी समितिको बैठकले पार्टीका पङ्क्तिलाई सो निर्देशन दिएको हो । पछिल्लो समय जनमतले राजनीतिक समितिदेखि लिएर सचिवालय, कार्यकारिणी समिति पनि विस्तार गरेको छ ।

नयाँ सदस्यहरूसँग छलफल गर्नका लागि आज राजनीतिक समिति र कार्यकारिणी समितिको छुट्टा छुट्टै बैठक बसेको थियो । बुद्ध नगरको एक पाटी प्यालेसमा केन्द्रीय समितिको बैठक बस्नुअघि सुरुमा राजनीतिक समितिको बैठक बसेको थियो भने त्यसपछि केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेको थियो ।

दुवै बैठकको अध्यक्षता पार्टीका अध्यक्ष डा.सिके राउतले गरेका थिए । २०८४ मा जनमत पार्टीलाई मदेसको पहिलो पार्टी बनाउनु छ, त्यसका लागि निकै मेहनत गर्नुको आवश्यकता छ भन्दै अध्यक्ष राउतले पार्टीमा धेरैभन्दा धेरै नयाँ नयाँ सदस्यलाई जोड्न निर्देशन दिए ।


सम्बन्धित समाचार