Logo

१८ साउन,पर्सागढि । पर्साको पर्सागढि नगरपालिकामा किसानले पालेको गाईभैंसीहरुमा लम्पी स्किन रोग नियन्त्रणको लागि निशुल्क भ्याक्सिन लगाउन सुरु गरिएको छ । केहि दिनदेखि पर्सागढि नगरपालिकामा पनि दर्जनौं पशुचौपायामा लम्पी स्किन रोग फेला परेपछि भ्याक्सिन लगाउन सुरु गरिएको हो ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्साले उपलब्ध गराएको ८०० डोज भ्याक्सिन लगाउन सुरु गरिएको पर्सागढि नगरपालिका पशु शाखा प्रमुख डाक्टर पुस्पेन्द्र कुमार साहले जानकारी दिनुभयो ।

साहका अनुसार पहिलो र दोस्रो चरण गरि दुई पटक पशुचौपायाहरुलाई उक्त भ्याक्सिन लगाईनेछ ।
नगरपालिकाका दर्जनौँ गाईभैंसीमा लम्पी स्किन रोग फेला परेपनि हालसम्म उक्त रोगका कारण क्षति भएको विवरण भने नआएको उहाँको भनाइ छ ।

 


सम्बन्धित समाचार