Logo

१९ साउन, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकामा किसानले पालेको पशुचौपायाहरुलाई लम्पी स्किन रोगविरुद्धको खोप लगाउन सुरु गरिएको छ । पशुचौपायाहरुलाई लम्पी स्किन रोग नियन्त्रणका लागि आजदेखि निशुल्क खोप लगाउन सुरु गरिएको हो ।

प्रदेश सरकारले उपलब्ध गराएको पाँच सय डोज खोप लगाउन सुरु गरिएको बहुदरमाई नगरपालिकाका कृषि तथा पशु सेवा शाखाका भेटेरिनरी अधिकृत महेश प्रसाद साहले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म दुई सय पशुचौपायालाई उक्त भ्याक्सिन लगाइएको छ ।

पालिकाको नगरदाहा, विश्रामपुर, बैरिया लगायतका गाँउहरुबाट १० वटा पशुहरुमा लम्पी स्किन रोग फेला परेको अधिकृत साहको भनाइ छ । साहले पहिलो चरणमा गाईहरुलाई र दोस्रो चरणमा फाट्टफुट्टका पशुमा उक्त डोज खोप लगाइने बताउनुभयो ।


सम्बन्धित समाचार