Logo

२१ साउन, वीरगञ्ज। पर्साको बिन्दबासीनी गाँउपालिकाले ३१ करोड ३ लाख ३४ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । पालिकाले १३ औँ गाँउ सभाबाट चालु आर्थिक वर्ष ०८०÷०८१ का लागि उक्त मूल्य बराबरको बजेट ल्याएको हो ।

गाँउपालिका कार्यलयको सभाहलमा आयोजित कार्यक्रममा पालिका उपाध्यक्ष ज्योति चौरसियाले सो रकम बराबरको बजेट प्रस्तुत गर्नुभएको हो । पालिकाले चालु आवका लागि कृषि, सिचाँईलाई प्राथमिकता राखेको छ । कार्यक्रममा बोल्दै पालिका अध्यक्ष प्रमोद तिवारीले बिकासको कार्य आयोजना गर्दा समाजसेवीको भावना आत्मसात गरि आयोजना गर्न आग्रह गर्नुभएको छ ।

उहाँले सबैमा एकता कायम भएमा मात्र पालिकाको बिकास सम्भव हुने बताउनुहुँदै बाधा अड्चन सिर्जना नगर्न आग्रह गर्नुभएको छ । उहाँका अनुसार कृषिमा आधुनिकिकरण भएमात्र शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा बिकास सम्भव हुन्छ । त्यस्तै शिक्षा, स्वास्थ्य, पर्यटन प्रवद्र्धन र महिला तथा बालबालिकाको हितमा काम गर्ने मूख्य प्राथमिकतामा राखेको अध्यक्ष तिवारीको भनाइ छ ।

पालिकाले ‘एक वडा एक माध्यमिक विद्यालय’ को अवधारणा ल्याई हरेक, जाती, धर्म तथा समूदायका बालबालिकाको शिक्षामा अनिवार्य उपस्थिती गराउने निति ल्याएको उहाँले बताउनुभयो । त्यस्तै एमबीबिएस अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति वितरण, निशुल्क लोक सेवा तथा शिक्षक सेवा तयारी कक्षा लागि निरन्तरता दिईने निति पालिकाले लिएको छ ।

पालिकाले ल्याएको बजेट नेपाल सरकारको वित्तीय हस्तान्तरणतर्फ २९ करोड ३७ लाख ६४ हजार ८ सय, प्रदेश सरकारको वित्तीय हस्तान्तरण ६५ लाख, आन्तरिक राजस्व र गत आव मौज्दात एक करोड ७० हजार रहेको छ । यस्तै व्ययतर्फ गाउँपालिका स्तरीय भौतिक पूर्वाधार योजना २ करोड ८३ लाख, वडा स्तरीय आयोजना ३ करोड ७५ लाख, गत आवको दायित्व, विषयगत शाखागत बजेट, विभिन्न कोषहरू समेत ४ करोड ८० लाख ७० हजार छुट्याइएको उपाध्यक्ष चौरसियाले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार