Logo

२१ साउन,वीरगञ्ज । मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता वीरेन्द्रकुमार ठाकुरले आफ्नो चरित्रहत्या गर्ने कसैलाई पनि नछाड्ने सार्वजनिक रुपमा धम्की दिनुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै माँ जानकी र भगवतीको सौगन्ध, मेरो चरित्रहत्या गर्ने कसैलाई छोडिन्न भन्दै धम्की दिनुभएको हो ।

मुख्य न्यायाधिवक्ता ठाकुरले आफ्नै कार्यालयमा कार्यरत कार्यालय सहयोगी (सहिद परिवार) लाई यौन दुव्र्यहार गरेको घटना प्रकाशनमा आएपछि यस्तो प्रतिक्रिया दिनुभएको हो । मुख्य न्यायाधिवक्ताको कार्यालयको लेटरप्याडबाट साउन १९ गते एउटा बेनामे विज्ञप्ति जारी गर्दै यस सम्बन्धमा प्रकाशित समाचारमा विश्वास नगर्न आग्रह गरिएको छ ।

विज्ञप्तिमा ‘भ्रामक समाचार प्रेषित गर्ने समाचार माध्यमहरु र व्यक्ति उपर कानुन बमोजिम कारबाहीका लागि अघि बढ्ने विषयसमेत यसै प्रेस विज्ञप्तिमार्फत जानकारी गराउँदछु’ भनिए पनि विज्ञप्ति जारी गर्नेको नाम, ओहोदा भने खुलाइएको छैन । यद्यपि, प्रेस विज्ञप्तिमा उल्लेखित विवरण अनुसार मुख्य न्यायाधिवक्ता ठाकुरले नै विज्ञप्ति जारी गरेको बुझ्न सकिन्छ ।


सम्बन्धित समाचार