Logo

२२ साउन,वीरगञ्ज । वीरगञ्जका फुटबल प्रशिक्षक हरि बहादुर श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज बिहान १ बजे नेशनल मेडिकल कलेजमा ७५ बर्षको उमेरमा निधन भएको हो ।

दुईबर्ष अघि सामान्य मुटुको उपचार गराउनु भएका उहाँको स्वास्थ्य अवस्था सामान्य नै रहेपनि हिजो अचानक स्वास्थ्यमा समस्या आएपछि नेशनल मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो ।

श्रेष्ठको उपचारको क्रममा अस्पतालमै निधन भएको परिवारजनले बताएका छन् । उहाँको आजै अशोक वाटिका स्थित श्मसानघाटमा अन्त्यष्टि गरिएको छ ।

उहाँको पार्थिव शरीरमा पर्सा जिल्ला फुटबल संघ पर्साले झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएको थियो । पर्सा जिल्ला फुटबल संघका अध्यक्ष अनिल कलवार (रोशन) लगायत पदाधिकारीहरुले झण्डा ओढाएर श्रद्धाञ्जली दिएका हुन् ।२००५ सालमा जन्मिनु भएका श्रेष्ठ जिल्ला खेलकुद विकास समिति पर्साको फुटबल प्रशिक्षकका नियुक्त भई सेवानिवृत्त हुनुभएको थियो ।

उहाँ झण्डै ४० बर्ष प्रशिक्षकका रुपमा सक्रिय रहनुभएको थियो । श्रेष्ठको निधनले पर्सा जिल्ला फुटबल संघले एकजना अभिभावक गुमाउनु परको संघका अध्यक्ष गुप्ताले बताउनुभयो । उहाँको निधनले पर्सा जिल्लामा मात्रै नभई समग्र फूटबल क्षेत्रमा नै अपुरणीय क्षति भएको गुप्ताको भनाई छ ।


सम्बन्धित समाचार