Logo

२२ साउन,काठमाडौं। गृह मन्त्रालयले जाजरकोट र अछाममा नयाँ प्रमुख जिल्ला अधिकारी(सिडिओ) पठाएको छ।

जाजरकोटको रिक्त प्रजिअमा हाल मन्त्रालयमा कार्यरत उपसचिव सुरेश सुनारले जिम्मेवारी पाउनुभएको छ भने अछामका प्रजिअ शिवराम न्यौपानेले स्वास्थ समस्याका कारण मन्त्रालयमा सरुवा माग्नुभएकोले उहाँको ठाउँमा मोरङ जिल्ला प्रशासन कार्यालयमा सहायक प्रजिअको रुपमा कार्यरत उपसचिव शरदकुमार पोखरेलले जिम्मेवारी पाउनुभएको छ।

सुनारले पनि यसअघि मोरङ र बाकेमा सहायक प्रजिअका रूपमा काम गरेको अनुभब छ। उहाँ डोल्पा र बझङमा प्रजिअ भैसक्नु भएको छ।त्यस्तै पोखरेललाई मुगु र दार्चुलाको प्रजिअ भैसकेको अनुभव छ भने उहाँ राष्ट्रिय परिचयपत्र विभाग तथा प्रहरी किताबखानाको निर्देशक समेत भैसक्नुभएको छ।

उहाँले काठमाडौं, तनहुँ, धनुषा र मोरङमा सहायक प्रजिअको रुपमा जिम्मेवारी पुरा गरिसक्नु भएको छ।


सम्बन्धित समाचार