Logo

२३ साउन,काठमाडौं। । प्रतिनिधिसभामा जारी अवरोध हटाउने विषयमा शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, कांग्रेस सभापति शेर बहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली लगाययत तीन दलका संसदीय दलका प्रमुख सचेतकहरुको उपस्थितिमा बैठक बसिरहेको छ ।

प्रधानमन्त्री दाहाल निरन्तर रुपमा सदन खोल्ने विषयमा शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन्। सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने एमालेको मागलाई सत्तारुढ दलले अस्वीकार गरे पछि गत १२ साउनदेखि नै संसद अबरुद्ध हुँदै आएको छ।

सुन तस्करीको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा लिएको अडान र सत्तापक्षले पनि सो छानबिन समिति आवश्यक नभएको भन्दै लिएको अडानका कारण यस अघिका कयौं बैठकहरु निष्कर्षमा निस्कन सकेका छैनन्।आजको बैठकबाट निष्कर्ष निकाल्ने अपेक्षा शिर्ष नेताहरुले गरेका छन्।


सम्बन्धित समाचार