Logo

२३ साउन,काठमाडौं । दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स) मा आगलागी भएको छ ।समाचार एजेन्सी एएनआईका अनुसार एम्सको एन्डोस्कोपी कोठामा आगलागी भएको हो ।

दिल्ली फायर सर्भिसका अनुसार आगो निभाउनका लागि छवटा दमकल (फायर इन्जिन) घटनास्थलमा पुगेका थिए।घटनास्थलका तस्विर र भिडियोमा एम्स भवनबाट धुवाँ निस्किरहेको देखिन्छ । आगलागीको कारणबारे जानकारी आउन सकेको छैन । आगलागीबाट कुनै क्षति भए नभएको जानकारी आएको छैन ।

 


सम्बन्धित समाचार