Logo

२६ साउन,चितवन। चितवनमा आत्महत्या गर्नेहरुको संख्या बढ्दै गएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनको तथ्यांक अनुसार जिल्लामा दुई बर्षमा ४ सय ३८ वटा आत्महत्याका घटना घटेका छन् ।चितवन प्रहरीको तथ्यांक अनुसार जिल्लामा आर्थीक बर्ष २०७८/७९ मा २१४ र आर्थीक बर्ष २०७९/८० मा २२४ वटा वटा आत्महत्याका घटना घटेका छन् भने चालु आर्थीक बर्ष २०८०/८१ को साउन महिनाको २२ गते सम्म मात्र ९ जनाले आत्महत्या गरेका छन् ।आर्थीक बर्ष २०७८/७९ मा आत्महत्या गर्नेमा पुरुष ११४,महिला ८७,बालक ४ र बालिका ६ जना रहेका छन् ।

जसमा झुन्डिएर १८२,विस सेवन गरेर २८,हाम फालेर ४ जनाले आत्महत्या गरेका छन् ।त्यस्तै आर्थीक बर्ष २०७९/८०मा आत्महत्या गर्नेमा पुरुष १४६,महिला ६१,बालक ६ र बालिका ११ जना रहेका छन् ।जसमा झुन्डिएर १८६,विस सेवन गरेर ३६,हाम फालेर १ र आगोलगाएर १ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा बालबालिका देखि ज्येष्ठ नागरिक सम्म रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक विजय राज पण्डित बताउनु हुन्छ ।

 


सम्बन्धित समाचार