Logo

२६ साउन, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले ४ सय ४४ वटा मुद्दामाथि फर्छयौट गरेको छ । गत आर्थिक वर्ष ०७९÷८० को एक वर्षको अवधिमा कार्यालयमा परेका १ हजार ८ वटा मुद्दामध्ये ४ सय ४४ वटा मुद्दा फर्छयौट गरेको हो ।

बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार अघिल्लो आर्थिक वर्ष ०७८/७९ मा दर्ता भएका १ हजार ३७ मुद्दामध्ये ५ सय ९६ वटा फर्छयौट गरिएको छ । लागूऔषध दुव्र्यसनी तथा अवैध बेचबिखन नियन्त्रण सम्बन्धी कसूरमा गत आर्थिक वर्षमा दर्ता भएका ९५ वटा मुद्दामध्ये ७७ वटा फर्छयौट भएको प्रहरीले उपलब्ध गराएको तथ्याङकमा उल्लेख छ ।

ति मुद्दामा संलग्न १ सय ३८ जनालाई पक्राउ गरिएको पनि बोगटीले जानकारी दिनुभयो । सोही कसूरमा अघिल्लो आर्थिक वर्षमा जम्मा भएका ७५ मध्ये ७४ वटा मुद्दा फर्छयौट गरिएको थियो । गत आर्थिक वर्षको सोही अवधिमा बारा प्रहरीले २ हजार २ सय १५ जनामध्ये ४ सय ८९ जना फरार प्रतिवादीलाई पक्राउ समेत गरेको छ ।

वन्यजन्तु तस्करीविरुद्धको कारवाहीलाई पनि प्रहरीले तिव्रता दिएको उहाँको दाबी छ । उहाँले गत आर्थिक वर्षमा प्रहरीले अनुमानित ३६ लाख ६२ हजार १ सय रुपैयाँ बराबरको १ हजार २ सय २१ क्युफिट सालको काठ बरामद गरेको बताउनुभयो । जसमा संलग्न रहेका ९ जनालाई पक्राउ समेत गरिएको छ ।

अघिल्लो आर्थिक वर्षमा २३ करोड ४३ लाख ८९ हजार २ सय ६२ रुपैयाँ बराबरको सामग्री बरामद गरिएको थियो भने ११ जना पक्राउ परेका थिए ।

 


सम्बन्धित समाचार