Logo

२७साउन,हेटौंडा । मकवानपुरको भैँसेस्थित प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवानको पहिरोमा परिएर ज्यान गएको छ। ज्यान गुमाउनेमा जाजरकोटको शिवालय गाउँपालिका ८ घरभएका कृतिबहादुर नेपाली रहेका छन्।

भैँसे बजारबाट हेटौंडा बजारतर्फ मोटरसाइकलमा प्रहरी जवान नेपाली र सुनिल मेचे आउँदै गर्दा बिहीबार राति ११ः२५ बजे त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका १ स्थित हेटौंडा–भैँसे सडक खण्डको बुलबुलेमा माथिबाट पहिरो खस्दा उनी घाइते भएकोमा उपचारको क्रममा मृत्यु भएको हो।

अर्का घाइते प्रहरी जवानको हेटौंडा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार