Logo

२७साउन,काठमाडौं । पाकिस्तानमा शाहबाज सरिफ सरकारले राजीनामा दिएपछि शनिबार त्यहाँ कामचलाउ सरकार गठन भएको छ ।अनवारुल हक कक्कडको नाममा सरकार र विपक्षी दलबीच सहमति भएपछि उनको नाम घोषणा गरिएको हो ।

अन्वारुल बलुचिस्तानका बासिन्दा हुन्।यसअघि पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले हालै राजीनामा दिएका प्रधानमन्त्री शहबाज शरीफ र राष्ट्रिय सभामा विपक्षी दलका नेता राजा रियाजलाई शनिबारसम्म कार्यवाहक प्रधानमन्त्रीको नियुक्तिबारे निर्णय गर्न निर्देशन दिएका थिए। इस्लामावादमा दुवै नेता अनवरको नाममा सहमत भएका थिए ।

बलुचिस्तानका अनवरुल हक कक्कडले आज नै कार्यवाहक प्रधानमन्त्रीको सपथ लिने सम्भावना छ । अन्वर बलुचिस्तान नेसनल पार्टीका सिनेटर हुन्।अगस्ट ९ मा पाकिस्तानको नेशनल एसेम्बली विघटन भएपछि कार्यवाहक प्रधानमन्त्रीको टुंगो लगाउन प्रधानमन्त्री शाहबाज शरीफ र राजा रियाजबीच पटक–पटक बैठकहरू भएका थिए ।

सरिफले हिजो राजधानी इस्लामावादमा आफू र राजा रियाजले अगस्ट १२ (शनिबार) सम्ममा यो पदमा आपसी सहमति हुने बताएका थिए ।यसै क्रममा शरीफले यो पनि भनेका थिए, ‘कार्यवाहक प्रधानमन्त्री छान्ने विषयमा अन्तिम निर्णय गर्नु अघि गठबन्धनका साझेदारहरूलाई पनि विश्वासमा लिइनेछ ।’


सम्बन्धित समाचार