Logo

३१ साउन,काठमाडौं । सप्तरीको विष्णुपुर गाउँपालिकाका सूचना प्रविधि अपरेटर र लेखापाल घुससहित पक्राउ परेका छन् । अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादवलाई घुसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो।

उनीहरुलाई राजविराज–२ बाट पक्राउ गरिएको हो। अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको अख्तियार स्रोतले जनाएको छ।

अपरेटरबाट २ र लेखापालबाट ३ लाखको चेक बरामद गरिएको अख्तियारले जनाएको छ। सोलार बत्ती जडान लगायत योजनाको भुक्तानी गरेवापत सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।


सम्बन्धित समाचार