Logo

३२ साउन,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बिल विजक भन्दा बढीको हार्डवेयर सामान तथा खुद्रा समानहरू बोकेको माल बाहक ट्रक नियन्त्रणमा लिएको छ ।

वीरगञ्जबाट हेटौडातर्र्फ जाँदै गरेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले बुधबार राती वीरगञ्ज महानगरपालिका वडा नं। ८ घण्टाघर स्थित सडकखण्डबाट ना। ६ ख ७९७६ नम्बरको मालवाहक ट्रक रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी सामान लोड गरेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

गाडी धनीले लिएको विल बिजक पनि संकास्पद देखिएकोले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीेले बताए । नियन्त्रणमा लिएको ट्रक र सामान सहितको मूल्य ५५ लाख ११ हजार ३३८ बराबरको मूल्यांकन गरी ट्रक र ट्रकमा लोड रहेको समानहरू थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी जनाएको छ ।


सम्बन्धित समाचार