Logo

१ भदौ,वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल पर्साको कार्यकारीणी समितिको नियमित बैठक आज बसेको छ । वीरगञ्जको होटेल ज्योति प्यालेसमा बसेको बैठकले विभिन्न निर्णय गरेको छ ।

पार्टीका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षता बसेको बैठकले ४ वटा प्रस्तावहरु माथि छलफल गर्दै सर्बसहमतीले निर्णय गरेको छ । बैठकले विभिन्न समयमा जिल्ला समितिको मनोबल माथी प्रहार गर्ने अभिव्यक्ति प्रति कार्यकारीणी समितिले गहिरो खेद प्रकट गरेको छ ।

त्यस्तै संगठन सुदृढीकरण सम्बन्धमा श्रावण महिनामा बैठक बस्न नसकेको पालिकाहरुको बैठक भदौ मसान्तसम्म गर्ने निर्णय गरेको जिल्ला सचीव तबरेज अहमदले जानकारी दिनुभयो ।

त्यस्तै भदौ महिनामा गर्ने जिल्ला स्तरीय प्रशिक्षण केन्द्रसंग समन्वय गरि गर्ने बैठकले निर्णय गरेको छ । त्यसको लागि समन्वय गर्ने जिम्मेवारी जिल्ला अध्यक्ष रामनरेश यादवलाई दिएको छ । जिल्लाको कार्यकारीणी समितिको टोलीले केन्द्रिय अध्यक्ष उपेन्द्र यादवसँग भेटघाट गर्न काठमाडौ जाने निर्णय गरेको छ ।

 


सम्बन्धित समाचार