Logo

१ भदौ,वीरगञ्ज । नाइजरमा सोमबार हेलिकोप्टर दुर्घटना हुँदा २४ जना नाइजेरियाली सुरक्षाकर्मीको मृत्यु भएको छ। अबुजाबाट २४९ किलोमिटर उत्तरमा मृतक र घाइते सैनिकहरू बोकेको सो हेलिकोप्टर दुर्घटना भएको अल जजीराले उल्लेख गरेको छ।

नाइजर राज्यको शिरोरो स्थानीय सरकारी क्षेत्रको चुकुबा गाउँमा सशस्त्र डाकुहरूको आक्रमणमा घाइते भएका र मारिएका सिपाहीहरूलाई उद्धार गर्न सो हेलिकोप्टर परिचालन गरिएको थियो।नाइजेरियाली सेनाका प्रवक्ता मेजर जनरल एडवर्ड बुबाले बिहीबार अबुजामा आयोजित पत्रकार सम्मेलनका क्रममा सो घटनाको पुष्टि गरेका हुन्।

उनले दिएको जानकारीअनुसार दुर्घटनाको समयमा विमानमा १४ जना सैनिक सवार थिए। त्यसैगरी, सातजना अन्य घाइते रहेको जसमा दुईजना विमान चालक र दुई जना चालक दलका सदस्य रहेको बताइएको छ।स्थानीय समाचारअनुसार हेलिकोप्टर चुकुबामा दुर्घटना हुनुअघि डाकुहरूले मारिएका सुरक्षाकर्मीको शव निकाल्दै थियो।

स्रोतहरूले जनाएअनुसार सशस्त्र व्यक्तिहरूले अत्याधुनिक हतियार बोकेका थिए जसबाट हेलिकोप्टरमाथि आक्रमण गरिएको हुन सक्छ।उक्त हेलिकोप्टर कडुना एयरफिल्डबाट मिन्नाको लागि उडेको तर यसको कडुना र मिन्ना दुवैबाट नियन्त्रण टावरसँग सम्पर्क विच्छेद भएको थियो।

प्रिमियम टाइम्सका अनुसार स्थानीय आउटलेटडोगो गिडे, डाकुहरूको समूहको कुख्यात नेता जसले नाइजर र चाडको देशहरूको सिमानामा उत्तरपश्चिमी नाइजेरियाका केही भागहरूमा आतंक माच्चाएका छन्। आक्रमणको जिम्मेवारी पनि सोही समूहले लिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ।


सम्बन्धित समाचार