२ भदौ,काठमाडौं । भारतीय अन्तरिक्ष एजेन्सी इसरोले शुक्रबार चन्द्रयान–३ बाट पठाएको चन्द्रमाको पछिल्लो तस्विर सार्वजनिक गरेको छ ।
यी तस्बिरहरू हिजो अर्थात बिहीबार नै आफ्नो प्रोपल्सन प्रणालीबाट अलग भएको चन्द्रयान–३ को ल्यान्डरले खिचेका हुन् ।अब चन्द्रयान–३ को ल्यान्डर चन्द्रमाको सतहतर्फ जान थालेको छ र आगामी दिनमा यो बिस्तारै चन्द्रमामा अवतरण हुनेछ ।
चन्द्रयान–३ बाट पठाइएका यी तस्विरहरूमा चन्द्रमाको सतहमा गहिरो खाडलहरू देखिन्छन्, जसलाई क्रेटर भनिन्छ।यी तस्बिरहरू गत अगस्ट १५ मा खिचिएका हुन्।
MOON 🌖 as captured by the Lander Position Detection Camera (LPDC) on August 15, 2023#Chandrayaan3 #ISRO pic.twitter.com/6fNUIQaIAD
— LVM3-M4/CHANDRAYAAN-3 MISSION (@chandrayaan_3) August 18, 2023