Logo

२ भदौ,वीरगञ्ज । वीरगञ्ज कलेजले आजदेखि सातदिने व्यावसायिक लेखा सम्बन्धि प्रशिक्षण शुरू गरेको छ । भिस्वा होटलमा आयोजित तालिमको उद्घाटन वीरगञ्ज उद्योग वाणिजय महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले गर्नुभएको थियो ।

तालिम उदघाटन समारोहमा बोल्दै प्रमुअ अतिथि टेमानीले वीरगञ्ज औद्योगिक र आर्थिक सहर भएर पनि व्यावसायिक दक्षतामा कमजोर रहेकोले कलेजले पहिलो पटक शुरु गरेको व्यावसायिक लेखा तालिम सराहनीय रहेको बताउनुभयो ।

उहाँले तालिममा सहभागी विद्यार्थीहरुलाई व्यावहारिक ज्ञान र सीपबाट नै व्यावासयिक दक्षता हासिल गर्ने भएकोले एकाग्र मनले तालिम लिन सुझाव दिनुभयो । बजारमा सबैभन्दा धेरै माग लेखाको नै हुने र रोजगारीका लागि पनि सहज क्षेत्र लेखा नै भएकोले यसको महत्व बुझेर कलेजले शुरु गरेको तालिम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले तालिमले व्यावसायिक दक्षताको विकास हुने विश्वास व्यक्त गरे । तालिमले आर्थिक तथा ओैद्योगिक नगरीमा रहेका उद्योग प्रतिष्ठानलाई आवश्यक जनशक्ति उत्पादन गर्न व्यावहारिक सीपको तलिम उपयोगी हुने वक्ताहरूले बताएका छन् ।

वीरगञ्ज कलेज संचालक समितिका अध्यक्ष डा दिपेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि अशोक टेमानी, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, बरिष्ठ उपाध्क्ष हरि गौतम, उपाध्यक्ष माधव राजपाल, सहसचिव निरज अग्रवाल, एनएमबी बैंकका शाखा प्रबन्धक सौरभ सर्राफ, पत्रकार महासंघ केन्द्रीय सदस्य केसी लामिछाने, मधेस प्रदेश महासचिव श्याम बञ्जरा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा कलेज प्रशासन प्रमुख सुरेश चौधरीले स्वागत गर्नुभएको थियो । भने, सहजीकरण कलेजका शिक्षक कृष्णा पासवानले गर्नुभएको कलेज प्रमुख विनोद गुप्ताले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार