Logo

५ भदौ,पर्सागढि । पर्साको पर्सागढि नगरपालिका वडा न ३ झाब्राहा गाउँ स्थित धान खेतमा आज मध्यान्ह मृत अवस्थामा एक पुरुषको शब फेला परेको छ ।

मृतक पर्सागढि नगरपालिका वडा न ५ जिगना गाउँ निवासी नन्दु साहको छोरा अन्दाजी बर्ष ३५ को भगवान साह रहेको प्रहरीले जनाएको हो ।धान खेतमा स्थानीयले सब देखे पछि बडनिहार प्रहरी चौकी लाई जानकारी गराएका थिए ।

जानकारी पाए लगतै प्रहरी घटना स्थल पुगि अनुसन्धान गरेको र मृत्यु के कारणले भएको हो खुल्न नसकेको र सबको मुचुल्का उठाई पोस्टमार्टमको लागि बिरगंज स्थित नारायणी अस्पताल पठाईयको प्रहरी चौकी बडनिहारका ईन्चार्ज गोपाल यादवले बताउनुभएको छ ।


सम्बन्धित समाचार