Logo

८ भदौ, वीरगञ्ज । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देशका कैयौँ भ्रष्ट मानिसले भ्रष्टाचार गरेको पैसा विदेशमा थुपारेर राखेको बताएका छन्।

शुक्रबार वीरगञ्जमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारकै कारण देश संकटमा पर्दै गइरहेको बताए।

उनले भने, ‘कैयौँ मान्छेले विदेशमा धन थुपारेका छन्। बैंकमा थुपारेका छन, तर यहाँ जनताहरु भोकभोकै मर्नुपर्ने स्थिति छ।’

देशले अहिलेको भन्दा भयानक संकट व्यहोर्नुपर्ने अवस्था आउन सक्ने भन्दै उनले समाजवादतर्फ लाग्नुपर्नेमा जोड दिए।


सम्बन्धित समाचार