Logo

९ भदौ,पर्सागढी। असार महिनादेखि सुरु भएको आँखा पाक्ने प्रकोप आईफ्लुको संक्रमणमा अहिले कमि आएको छ । पर्सागढी नगरपालिका लगायत पर्साको ग्रामीण भेगमा बढि मात्रामा बालबालिका देखि हरेक उमेर समुहमा देखा परेको आँखा पाक्ने प्रकोप आईफ्लूको संक्रमण मौसममा परिवर्तन आएसँगै कमि आएको नेत्र रोग बिशेषज्ञको भनाइ छ ।

बडनिहार आँखा तथा दाँत अस्पतालका आँखा रोग विशेषज्ञ डा. दिपक यादवले दुई चार दिन देखि अस्पतालमा आईफ्लुका संक्रमित बिरामीहरु उपचार गराउन आउनेको सङख्यामा कमि आएको जानकारी दिनुभयो ।

उहाँले केहि समय अघि मात्र अस्पतालमा आईफ्लुको संक्रमित बिरामीको भिडभाड देखिनेए पनि अहिले भने फाटफुट रुपमा मात्रै बिरामी आउने गरेको बताउनुभयो ।

आँखा पाक्ने प्रकोप मौसमी रहेको, यो हरेक बर्ष यसै समयमा बढि देखा पर्ने र यसमा सावधानी नअपनाए एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने उहाँको भनाइ छ । यो प्रकोपमा हुनेहरुमा आँखा चिलाउने, आँखा रातो हुने, पानी बग्ने, घाममा हेर्न असजिलो हुने जस्ता लक्षणहरु देखापर्ने उहाँले बताउनुभयो । आइफ्लु संक्रमण भएमा जथाभावी औषधीको प्रयोग नगर्न र विशेषज्ञसँग चेकजाँच गराउन उहाँको सुझाव छ ।

 


सम्बन्धित समाचार