Logo

१० भदौ,वीरगञ्ज । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारीहरुलाई कारवाही गर्न कुनै ताकत र तगारोले नछेक्ने र कारवाही गरेरै छाड्ने बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवन उदघाटन तथा पार्टीको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा वीरगन्ज आउनु भएका मन्त्री श्रेष्ठले सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प लिएर अघि बढेको भन्दै भ्रष्टाचारी र दलालहरु विरुद्ध सरकार निर्मम भएर लागेको बताउनुभएको हो ।

प्रेस सेण्टर नेपाल पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले राजनीतिक परिवर्तन भएपनि जनताको आजको अपेक्षा र राष्ट्रको आवश्यकतालाई मेल खाने स्तरको काम नभएको समृद्धिको प्रकृयालाई तीब्र पारेर फड्को मार्ने र आम जनताले जीवन नै यसले फेरिदियो र नयाँ जीवन पायौं भन्ने अनुभूति गर्नुपर्छ भन्ने हाम्रो निष्कर्ष सहित काम भईरहेको दावी गर्नुभयो । उहाँले सुशासन अनिवार्य शर्त भएकोले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण, अपराधमा प्रभावकारी नियन्त्रण ठगी लगायतका अपराध गतिविधि नियन्त्रण गर्ने र संलग्न दोषी र अपराधीहरुलई कारवाहीको प्रकृयाबाट देशमा शुसासन स्थापित गर्ने र सुशासनलाई आधार बनाउदै समृद्धिलाई तीब्र बनाउने मान्यताको आधारमा काम गरिरहेको बताउनुभयो ।

सुराकी खर्चको नाममा मन्त्री सचिवले लिईरहेको व्यावस्थालाई खारेज गर्दै सामन्तवादको निकृष्ट अवशेषको रुपमा रहेको मिटरब्याजीलाई आयोग गठन, कानून निर्माण र जिल्ला प्रशासन कार्यालहरुबाट काम शुरु भएपछि धेरै पीडितहरुलाई न्याय दिलाउनुको साथै मेलमिलापको समेत विधि अपनाईएको जानकारी दिनुभयो । प्रहरी संगठन भित्र अवाञ्छित चलखेल भयो भन्ने गुनासोलाई समेत सम्बोधन गरिएको र कमसेकम, सरुवा गर्दा बढुवा गर्दा र पदस्थापना गर्दा मापदण्डको आधारमा गर्ने प्रकृया शुरु गरेको बताउनुभयो ।

संगठित अपराधको रुपमा विभिन्न ढंगबाट नक्कली सरणार्थी बनाई विदेश पठाउने काममा संलग्नहरुलाई पनि कारवाही गर्न सफल भएको र देशमा भएका जुनसुकै अपराधका घटनाको अनुसन्धानलाई निष्कर्षमा पु¥याउन जरैसम्म पुरेर अपराधीहरुलाई छाविनको कठघरमा ल्याउने बताउनुभयो । अहिले भईरहेको सुन तस्करी प्रकरणको सीआईबीले छानविन गरिरहेको र सकिएपछि उच्चस्तरीय छानविन आयोग गठन हुने बताउनुभयो । देशमा देखिएका गम्भीर खालका तस्करी, संगठित अपराधको पुनरावृत्ति नहोस भन्नका लागि अहिले सरकार सचेत भएर अनुसन्धानलाई अगाडि बढाएको पनि बताउनुभयो ।

सहकारी संस्थाहरुमा देखिएका समस्याहरुको बारेमा सरकारले गहिलो अनुसन्धान गरिरहेकोले त्यसलाई पनि समाधान गर्ने बताउनुभयो । गौर हत्या काण्डको विषयमा गृहमन्त्री श्रेष्ठले पीडित पक्षसँग भएको सम्झौता अनुसार त्यसको अनुसन्धानलाई जारी नै राखिएको बताउनुभयो ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले पत्रकार सम्मेलनपछि जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवनको उदघाटन गर्नुभएको छ । त्यसपछि अहिले वीरगन्जको टाउन हलमा नेकपा माओवादी केन्द्रले आयोजना गरेको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुनुभएको छ ।


सम्बन्धित समाचार