Logo

१० भदौ,वीरगञ्ज । वीरगञ्जमा युवाहरुको एक समुहले नाराबाजी गर्दै प्रदर्शन गरेको छ । सुनसरीको धरानमा गोरु हत्या गर्नेहरुलाई कारबाही गर्न सरकारले ढिलाई गरेको भन्दै वीरगञ्ज का युवाहरुले सरकार र गृहमन्त्री नारायणकाजी श्रेष्ठ विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवनको उद्घाटन गर्न गृहमन्त्री श्रेष्ठ कार्यक्रम स्थल पुग्नुभएकै बेला उनीहरुले प्रदर्शन गरेका थिए । उनीहरुले गौ हत्या गर्नेहरुलाई फाँसी दे, गृहमन्त्री मुर्दावाद, गृहमन्त्री राजीनामा दे लगायतका नारा लगाउदैँ प्रदर्शन गरेका थिए ।

सोही क्रममा प्रदर्शन गर्ने पाँच जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले वीरगन्ज १० का मुन्ना कुमार साह, वीरगन्ज १ का विशाल कुमार, वीरगन्ज ८ का राज गुप्ता र वीरगन्ज ५ का प्रज्वल डंगोललाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक गिरीले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार