Logo

१२ भदौ,वीरगञ्ज । जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले आम जनता पार्टीका अध्यक्ष प्रभु साहलाई सिसाको घरमा बसेर अरुमाथि ढुंगा नहान्न चेतावनी दिएका छन् ।

आज प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रभु साहले आफू सिसाको घरमा बसेर अरुमाथि ढुंगा हानेको भन्दै त्यसो नगर्न चेतावनी दिएका हुन् ।

उनले गौर हत्याकाण्ड प्रभु साहकै उक्साहटमा भएको आरोप लगाए । त्यस्तै, वीरगञ्जको काशी तिवारीको हत्या मुद्दा पनि प्रभु साहमाथि रहेको भन्दै उनले सो मुद्दाको पनि प्रक्रिया अगाडि बढ्नुपर्ने बताए ।

प्रभु साहले गौर हत्याकाण्डका पीडितले न्याय नपाए अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिएको दुई दिनपछि यादवको यस्तो प्रतिक्रिया आएको हो ।


सम्बन्धित समाचार