Logo

१३ भदौ,वीरगञ्ज । पर्साको जगरनाथपुर र जिराभवानी गाउपालिकाको दोसाधमा रहेको इमिर्ती खोलामा टाउको नभएको महिलाको शव फेला परेको छ । हुलाकी सडक भन्दा करिब ५ सय मिटर दक्षिण इमर्ती खोलाको पानी तैरिएको अवस्थामा शव भेटिएको स्थानीयले बताएका छन् ।

खोलामा केही स्थानीयहरुले माछा मार्ने क्रममा शव देखेपछि प्रहरी चोकी सुपौलीलाई जानकारी गराएका थिए । शवको प्रकृति हेर्दा २/३ दिन पहिले मारेका वा मारिएको हुनसक्ने अनुमान गरेको छ । पहेलो टि शर्ट र कालो कट्टु लगाएको टाउको नभएको शव भेटिएकोे प्रत्यक्षदर्शीहरुले जनाएका छन ।

शरिरको अंगहरु सुनिएको शव हेर्दा २५/२८ बर्ष उमेरको गहु गोरो वर्णको रहेको छ । बाढीले बगाएर ल्याएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । शव युवतीको रहेको प्रहरीले पुष्टी गरेको छ । थप घटना विवरणका लागि कुकुर सहितको प्रहरीको टोलीले आसपास क्षेत्रमा टाउकोको खोजी तथा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार