Logo

१३ भदौ,वीरगञ्ज । बारा प्रहरीले खसी चोरेर मोटरसाइलमा राखेर भाग्दै गरेका दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले खसी चोरेको आरोपमा बारा कोल्हवी नगरपालिका–१ बस्ने छोटे चौधरी र सन्तोष चौधरीलाई पक्राउ गरेको हो ।

कोल्हवी– ५ बस्ने उपेन्द्र चौधरीको खसी चारेर पक्राउ परेका सन्तोषले ना.४७ प ८३४१ नं.को मोटरसाइकलको बीचमा राखी भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानै जानकारी दिनुभयो ।

खसिसहित पक्राउ परेका उनीहरुलाई अदालतबाट म्याख थप गराइ थप अनुसन्धान भइरहेको न्यौपानेले बताउनुभयो ।

 


सम्बन्धित समाचार