Logo

१३ भदौ,काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको २५ औँ सचिवालय बैठकपछि एमाले नयाँ सङ्कल्पका साथ अगाडि बढ्ने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “एमाले अहिले नेपालको राजनीतिको जुन स्थानमा छ, त्यसको जग र आधारबिन्दु चौथो महाधिवेशन हो । त्यही महाधिवेशनबाट जननेता मदन भण्डारी र उहाँले अगाडि सारेको जनताको बहुदलीय जनवादको सिद्धान्त जन्म भएको थियो ।”

सिरहाको विष्णुपुरकट्टी सर्रेअम्बासमा एमाले सचिवालय बैठक हुँदैछ । सो स्थानमा विसं २०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म भएको तत्कालीन नेकपा ९माले० को चौथो महाधिवेशनस्थलमा आजदेखि एमालेको सचिवालय बैठक बस्न लागेको हो ।

सोही बैठकमा सहभागी हुन त्यहाँ जानुअघि जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताउनुभएको हो ।

 


सम्बन्धित समाचार