Logo

जनकपुर, भदौ १५। नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विषेश रुपान्तरण अभियानको पुर्ण तयारी भएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।

शनिबारदेखि माओवादीले सुरु गर्न लागेको तीन महिने रुपान्तरण अभियानमा पार्टीका सबै पदाधिकारीदेखि केन्द्रिय सदस्यहरुलाई देशभरका विभिन्न वडामा जिम्मेवारी तोकिएको छ ।

जनतासँग माओवादी विषेश रुपान्तरण अभियानका लागि सम्पूर्ण तयारी पुरा भएको धनुषाको जिम्मेवारी पाएका नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य अजयशंकर नायक अविनाशले जानकारी दिए ।

उनले धनुषाको १८ वटै पालिकाको वडाबाट नै जनतासँग माओवादी विषेश रुपान्तरण अभियानको उद्घाटन गरी तीन महिनासम्म निरन्तररुपमा जारी रहने बताए ।

पुर्वमन्त्रीसमेत रहेका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज अविनाशले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान मार्फत वडा कमिटीहरुको बैठक, वडास्तरसम्म पार्टी कार्यलय स्थापना, सदस्यता नविकरण, हरेक वडा र टोलहरुमा भेटघाट, जनसंघर्ष प्रमुखतासहित जनस्तरसम्ममा छलफल गर्ने, वडा तथा नगर कमिटीको पुनर्गठन गर्नेलगायतका योजनाहरु तीन महिनामा सम्पन्न गर्ने योजना रहेको बताए ।

उनले यस अभियानबाट जनताको घरघरमा गएर राजनीतिकदेखि पारिवारिक समस्या बुझ्ने र जनताको पार्टी बनाउने अभियानमा लागिपरेको बताए ।


सम्बन्धित समाचार