Logo

फाइल तस्बिर

१६ भदौ,वीरगञ्ज । जनता समाजवादी पार्टी नेपालले आज गौर राजनीतिक घटनाको यथार्थ र सरकारको भूमिका विषयक विचार गोष्ठीको आयोजना गरेको छ ।

केही व्यक्तिहरूले गौर घटनालाई अतिरञ्जित गर्न थालेको बताउँदै यसबारे प्रकाश पार्न विचार गोष्ठीको आयोजना गरिएको पार्टीले जनाएको हो । कार्यक्रमलाई उक्त घटनाका जानकार, पार्टीका नेता तथा बौद्धिक व्यक्तित्वहरूले सम्बोधन गर्ने छन् ।

टेकुस्थित मसला कटेज रेष्टुरेन्ट एण्ड लाउन्जमा आयोजना गरिएको कार्यक्रमको आयोजक पार्टीसम्बद्ध बौद्धिक पेसाकर्मी महासंघ, नेपाल रहेको छ । जसपा नेपाल गौर घटनाको विषयलाई लिएर निकै गम्भीर देखिएको छ । सरकारले गौर घटनाको बारेमा फाइल खोलेपछि आत्तिएको जसपाले सरकारमाथि दबाब बढाएको हो ।

पार्टीले एकतिर उच्च स्तरीय छानबिन आयोगको माग राखिरहेको छ भने अर्कोतिर अनुसन्धान प्रक्रियालाई स्थगित गराउन अप्रत्यक्ष रूपमा सरकारमाथि दबाब पनि बढाइरहेको छ ।


सम्बन्धित समाचार