Logo

१८ भदौ,काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ ।
तेस्रो विकेटका रुपमा कप्तान रोहित पौडेल व्यक्तिगत ५ रनमा आउट भएका छन् ।

उनलाई रवीन्द्र जडेजाले आउट गरे ।नेपालले २० ओभरमा ३ विकेट गुमाएर ९३ रन बनाएको छ ।

भारतका जडेजाले २ र शार्दुल ठाकुरले एक विकेट लिएका छन् । यसअघि भीम सार्की ७ र कुशल भुर्तेल ३८ रन बनाएर आउट भए । नेपालले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेको थियो ।


सम्बन्धित समाचार