Logo

१८ भदौ,काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल सुरु भएको छ । श्रीलंकाको पालेकेले रंगशालामा भएको खेलमा नेपालले चौथो विकेट गुमाएको छ ।

२२.५ ओभरको समाप्तिमा नेपालले चौथो विकेट गुमाउने क्रममा कुशल मल्ल ५ बलमा २ रन जोडेर आउट भएका हुन् । उनी रविन्द्र जडेजाको बलमा मोहम्मद सिराजको हातबाट क्याच भए ।

यसअघि तेस्रो विकेट गुमाउने क्रममा २० ओभरको अन्तिम बलमा कप्तान रोहित पौडेल ८ रन जोडेर आउट भएका थिए । १६ ओभरको अन्तिम बलमा भीम सार्की आउट भएका थिए । उनले १७ बलमा ७ रन जोड ।

नेपालले पहिलो विकेट गुमाउने क्रममा ९.५ ओभरमा ३८ रन जोडेर कुशल भुर्तेल आउट भएका थिए । उनले ३ चौका र २ छक्का प्रहार गरेका थिए ।

२४ ओभरको समाप्तिमा नेपालले ४ विकेट गुमाएर १०८ रन जोडेको छ ।


सम्बन्धित समाचार