Logo

१८ भदौ,काठमाडौं । नेपालले छैटौँ विकेट गुमाएको छ। श्रीलंकाको क्यान्डीमा भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले ३१.५ ओभरमा गुल्सन झालाई गुमाएको छ। उनले ३५ बलमा २३ रन बनाए।

यसअघि आशिफ शेख अर्धशतक ऐतिहासिक अर्धशतक पूरा गरेका थिए। उनले ५८ रनको योगदान दिएर आउट भए। उनलाई भारतका मोहम्मद सिराजले विराट कोहलीको हातबाट क्याच आउट गराए।
आशिफको वान डे करिअरमा १० औं अर्धशतक हो। भारतविरुद्ध उनले सोमबार १० औं अर्धशतक बनाएका हुन्।

यसअघि रवीन्द्र जडेजाले भीम सार्की, कुशल मल्ल र कप्तान रोहित पौडेलाई पेविलियन फर्काएका थिए। सार्दुल ठाकुरले कुशल मल्ललाई क्याच आउट गराएका थिए।


सम्बन्धित समाचार